रासस व्यवस्थापनलाई चौतारीको ध्यानाकर्षण
काठमाडाैं | भदौ ९, २०७९
प्रेस चौतारी नेपालले आज राष्ट्रिय समाचार समिति (रासस) व्यवस्थापनलाई विभिन्न विषयमा सङ्गठनको तर्फबाट ध्यानाकर्षण गराएको छ ।
चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतसहितको टोलीले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झासँग प्रमुख प्रतिपक्षी दललगायतका समाचारलाई प्राथमिकता दिन आग्रह गर्दै समितिभित्रका स्थायी तथा ज्यालादारी कर्मचारीको नियुक्ति र सरुवा गर्दा आपसी सहकार्य, संवाद र सहअस्तित्वका आधारमा गर्न ध्यानाकर्षण गराएको छ ।
सो अवसरमा राससका कार्यकारी अध्यक्ष झाले व्यवस्थापनका क्रममा केही सरुवा भए पनि कुनै पूर्वाग्रह नराखिएको र रासस विनियमावली एवं आर्थिक स्रोतले भ्याएसम्म काममा सक्रिय कुनै पनि अस्थायी पत्रकार र कर्मचारीलाई सेवाबाट नहटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष झाले राससले समाचार प्रवाहमा प्रतिपक्ष दलका समाचारलाई पनि महत्व दिँदै आएको भन्दै समाचार सामग्रीमा कुनै सुधारका विषय भएमा तथ्य र विश्लेषणका आधारमा लेखाजोखा गरिदिन आग्रह गर्नुभयो ।
सो अवसरमा राससका महाप्रबन्धक सिद्धराज राई, प्रधानसम्पादक एकराज पाठक, प्रशासन प्रमुख शीतल महतो, चौतारीका प्रतिष्ठान इञ्चार्ज मोहन बाँस्तोलालगायतको उपस्थिति थियो ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

